रुकुम पश्चिम, -३०, कार्तिक
Advertisement
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रुकुम पश्चिमको जिल्ला कमिटी, देशभर सुरू भएको वाम दलहरूको एकता प्रक्रियामा सहभागी हुने भएको छ । समाजवादी, माओवादीलगायतका दलबीच एकता भइरहेका बेला नेकपा (एस) रुकुम पश्चिमले पनि सबै कमिटीसहित एकतामा जाने निर्णय गरेको हो ।
आइतबार मुसिकोट खलंगामा बसेको पूर्व नेकपा (एस) टिमको बैठकले सोही निर्णय पारित गर्दै सबै नेता कार्यकर्ता एकतामा जान समेत अनुरोध गरेको छ ।
बैठकमा पार्टीका केन्द्रिय सदस्य, कर्णाली प्रदेश स्तरीय नेता र जिल्ला स्तरीय, पालिका स्तरीय नेताको उपस्थिति रहेको थियो ।