रुकुम पश्चिम -२९, कात्तिक ।
Advertisement
नेकपा एमाले रुकुम पश्चिमले आज जिल्ला सदरमुकाम मुसिकोटमा जनसभा आयोजना गरेको छ । प्रतिगामी षड्यन्त्रका विरुद्ध एमाले रुकुम पश्चिमले मुसिकोटमा जनसभा आयोजना गरेको हो ।
बागबजार स्थित पार्टी कार्यालयबाट सुरु गरिएको र्याली मुसिकोट बजार परिक्रमा गरी बालमन्दिर प्राङ्गणमा पुगेर औपचारिक कार्यक्रममा केन्द्रित भएको छ । नेकपा एमालेले देश प्रतिगमनमा गएको र विदेशी शक्तिको खतरामा परेको भन्दै देशव्यापी कार्यक्रमको आयोजना गरेको छ ।
सोही अनुरूप पार्टीको केन्द्रीय कार्यक्रम अनुसार आज देशका ७७ वटै जिल्लामा प्रतिगामी षड्यन्त्र विरुद्ध एमालेले जनसभा कार्यक्रम आयोजना गरेको हो ।