रुकुम पश्चिम – १०, कात्तिक ।
Advertisement
नेपाली लोक सांगीतिक बजारमा बाटो फरक भो लोक दोहोरी गीत सार्वजनिक भएको छ । संगीतकार अमित बाबु रोकाएको युट्युब च्यानलबाट बाटो फरक भो गीत सार्वजनिक भएको हो ।
हिजो माया गरेको मान्छे आज अर्कैको हुँदा विगतको प्रेम सम्बन्धलाई जोडेर यो गीत सार्वजनिक गरिएको संगीतकार अमित बाबु रोकायले बताए । ‘बाटो फरक भो, तिमी हाँस्ने मै त रुने अधुरो यो जिन्दगीको बाटो फरक भो’ बोलको गीत निकै मार्मिक बनेर आएको छ ।
शान्ति श्री परियार र अर्जुन भुसालको आवाजमा रहेको यस गीतमा गणेश पौडेल प्रकाश पाठकको शब्द रहेको छ । गीतमा लोकेश बिसी, निशा बिसी र प्रकृति बुढाको सुन्दर अभिनय रहेको छ ।
यो मर्मस्पर्शी गीत धेरै दर्शक श्रोताको रोजाइमा पर्न सक्ने संगीतकार अमित बाबु रोकाको भनाइ छ ।