• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

आज भाइटीका मनाइँदै


रुकुम पश्चिम -६, कात्तिक ।

Advertisement

तिहारको आज मुख्य दिन भाइटीका मनाइँदैछ । एमपञ्चकको मुख्य दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

 

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

 

यमपञ्चक समेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

 

दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

 

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटी लगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

 

आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

बिहिबार, कार्तिक ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.