रुकुम पश्चिम -२९, असोज ।
Advertisement
आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमान क्रिकेट एकेडेमी मैदानमा बेलुकी ८ : ४५ बजे नेपालले ओमानको सामना गर्ने छ ।
आजको खेलमा नेपालले ओमानलाई पराजित गर्न सके २०२६ को विश्वकप छनोटमा नेपालले आफ्नो स्थान सुरक्षित गर्नेछ । सुपर सिक्सको खेल चलिरहँदा ओमान अङ्कतालिकाको शीर्ष स्थानमा रहेको छ ।
नेपाल अङ्कतालिकामा दोस्रो स्थानमा रहेको छ । नेपालले सुपर सिक्सको पहिलो खेलमा युएइलाई १ रन र दोस्रो खेलमा कतारलाई पाँच रनले पराजित गरेको हो ।
ओमानसँगको खेलपछि नेपालले अन्तिम खेल शुक्रबार समोआ सङ्ग खेल्ने तालिका रहेको छ ।