रुकुम पश्चिम -२६, असोज ।
Advertisement
नेपालले ओमान क्रिकेट एकेडेमी मैदानमा आज भएको खेलमा युएईलाई एक रनले पराजित गरेको छ । आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको हो ।
नेपालले युएईलाई जितको लागि १ सय ४१ रनको चुनौती दिएको थियो । तर युएईले १ सय ३९ रन मात्र बनाउन सक्यो ।
नेपालको जितका लागि अल राउन्डर दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे ।
यसअघि नेपालले टस जितेर ब्याटिङको निर्णय गर्दै २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन रन बनाएको थियो ।