• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

“छोरी बचाइदिनुहोस्” घरबार गुमेकी आमाको अन्तिम गुहार


भरत चन्द 

Advertisement

रुकुम पश्चिम -२६, असोज ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -४, की भगवती नेपाली अहिले जीवन र मृत्युको दोबाटोमा छिन् । भगवतीको उमेर अझै सानो छ, तर उनको जीवनले बाल्यकालमा हेर्नु नपर्ने पीडा भोगिरहेको छ । भगवतीको शरीर रोगसँग लडिरहेको छ, र उनको परिवार दैनिक आर्थिक संकटसँग युद्ध लडिरहेको छ ।

आमाको गुहार

गम्भीर बिरामी भएकी भगवती नेपालीलाई हाल काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लिनुपर्ने छ । भगवतीको परिवारका अनुसार कुनै रोग पहिचान नभएको बताईएको छ । बिरामी परेको दुई बर्षसम्म उनको सहयोगी दाताको आर्थिक सहयोग र घरपरिवारले कारेको ऋणबाट उपचार भैरहेको छ ।

 

चिकित्सकहरूले निरन्तर उपचार आवश्यक भएको बताएका छन् । तर, उपचारका लागि चाहिने रकम परिवारले जुटाउन नसकेको अवस्था छ । भगवतीकी आमा सुनिता नेपाली आफ्नी छोरीको जीवन जोगाउन दिनरात आँसु झार्दै सहयोगको याचना गरिरहेकी छिन् । उनले आफ्नो सानो घरदेखि खेतबारी सबै बेचेर पनि छोरीको उपचारमा लगाइसकेकी छन् । अब त परिवारसँग केही पनि बाँकी छैन । न घर, न खेत, न पैसाको स्रोत, छ त केवल छोरीको उपचार गर्न लागेको १० लाख ऋण छ ।

 

मादक पदार्थको लतले टुटेको परिवार

भगवतीको बुबा वर्षौंदेखि मादक पदार्थको लतमा फसेका छन् । जब परिवारलाई सबैभन्दा बढी सहारा चाहिएको थियो, त्यही बेला उनी नशाको गर्तमा हराए । घरमा दुख, भोक, पीडा र निराशा मात्रै बाँकी छ । आमा सुनिता एक्लै छोरीको उपचार र घरका बाँकी बालबालिकाको जिम्मेवारी सम्हाल्न असमर्थ भएकी छन् ।

 

पढाइ रोकिएका सन्तानहरू

भगवतीका एक भाई र दुई बहिनी छन् । भाइबहिनीहरू विद्यालय जान सक्दैनन् । शुल्क तिर्न नसक्दा तथा कापी कलम किताब र बिद्यालय पोसाक किन्ने पैसा नहुँदा उनीहरू पढाइबाट टाढा भएका छन् । एकातिर आमाले अस्पताल धाउदै छोरीको उपचारमा समय र आँसु खर्च गरिरहेकी छन्, अर्कोतिर घरमा भोक र अशान्ति छाएको छ ।

 

समुदाय र वडा सरकारको अपिल

मुसिकोट नगरपालिका -४, वडा कार्यालयले भगवतीको अवस्थाबारे औपचारिक सिफारिस गर्दै सहयोगका लागि सम्पूर्ण शुभेच्छुक, दातृ संस्था, सामाजिक संघसंस्था, सरकारी निकाय र व्यक्तिहरूलाई आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्न अनुरोध गरेको छ ।

वडाले लेखेको पत्रमा भनिएको छ,

“भगवती नेपालीको परिवार आर्थिक रूपमा अत्यन्तै कमजोर अवस्थामा छ । उनले छोरीको उपचारका लागि सकेसम्मको सम्पत्ति खर्च गरिसकेकी छन्। जीवनरक्षाका लागि सहयोग आवश्यक छ।”

 

आमाको आँसुमा लुकेको शक्ति

भगवतीकी आमा सुनिता छोरीको उपचारका लागि अस्पताल दौडिरहेकी हुन्छिन् । जुन अस्पताल गएनी छोरीको रोग पहिचान नभएपछि छोरीलाई अँगालो हालेर भक्कानिन्छन् । कहिलेकाहीँ उनले छोरीको नाडीमा हात राख्छिन् र भन्छिन्, “छोरी, तिमी निको भएर फर्कनुपर्छ । तिमी नै मेरो बाँच्ने आधार हौ ।” त्यो वाक्यले भगवतीको आमा कति बलियो र साहसी छन् भन्ने झल्काउँछ । उनले सरकार, समाज र मानवताको नाम गुहार गरिरहेकी छन्, छोरी बचाइदिनुहोस् ।

 

रोग संक्रमण भएदेखि श्रीमानले छोडे 

अहिले १९ बर्ष पुगेकी भगवतीले आजभन्दा दुई बर्षपहिले दाङका एक युवासँग बालविवाह गरेकी थिइन् । प्रेम विवाह गरेकी भगवतीलाई  ६ महिना नपुग्दै श्रीमानले छोडे । भगवती बिरामी हुनथालेपछि श्रीमानले छोडेको आमा सुनिता बताउँछिन् ।

 

तपाईंको सानो सहयोगले सुनिताको जीवन बच्न सक्छ

भगवती नेपालीको उपचारका लागि अहिले आर्थिक सहयोग अत्यावश्यक छ । भगवतीको जीवन केवल उनको परिवारको लागि होइन, मानवताका लागि पनि एक मूल्यवान जीवन हो । उनको मुटुको धड्कन रोकियो भने त्यो केवल एउटा बिरामीको मृत्यु मात्र हुने छैन, यो समाजको संवेदनशीलताको मृत्यु हुनेछ । अब पनि समय छ-हाम्रो सानो सहयोगले एउटा छोरीको जीवन फर्कन सक्छ ।

आइतबार, असोज २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.