काठमाडौं, – २४, भदौ
Advertisement
नेपाली सेनाले हालको असामान्य परिस्थितिको अनुचित फाइदा उठाएर सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने, लुटपाट तथा आगजनी गर्ने कार्य भइरहेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।
सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यदि यस्ता गतिविधि नरोकिएमा नेपाली सेना सहित सम्पूर्ण सुरक्षा निकायले नेपाल र नेपालीको सुरक्षाका लागि मिति २०८२ भदौ २४ गते राति १० बजेदेखि स्थिति नियन्त्रणमा लिन दृढ रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।”
साथै सेनाले सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि अपिल गरेको छ । सुरक्षा स्थितिको पुनर्मूल्याङ्कनपछि आवश्यकतानुसार थप सूचना जारी गर्ने जनाइएको छ ।