रुकुम पश्चिम -१६, भदौ ।
Advertisement
अविरल बर्षाका कारण पहिरो खस्दा रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० चुनमा अवस्थित श्री मालिका माध्यमिक विद्यालयमा क्षति पुगेको छ ।
आइतबार आएको भारी बर्षाका कारण आर्थिक बर्ष ७९/८० मा निर्माण सम्पन्न गरिएको ४ कोठे विद्यालय भवन र गत वर्ष सम्पन्न गरिएको घेराबारमा पहिरोले क्षति पुर्याएको वडा अध्यक्ष बसन्त खड्काले जानकारी दिनुभयो ।
क्षति न्यूनिकरणका लागि वडा कार्यालयमार्फत खर्च स्रोतको व्यवस्था गरी पर्खाल निर्माण कार्यमा वडा कार्यालय लागेको वडा अध्यक्ष खड्काले बताएका छन ।