रुकुम पश्चिम -३, भदौ ।
Advertisement
अस्ट्रेलियामा जारी टप इन्ड टि ट्वान्टीमा नेपालले आज पहिलो जित दर्ता गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले होबार्टलाई ६६ रनले हराएको हो ।
जितका लागि एकसय ८१ रनको टार्गेट पाएको होबार्टलाई नेपालले १६ दशमलव १ ओभरमा अल आउट गर्यो । होबार्टले सबै विकेट गुमाएर एकसय १४ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि नन्दन यादवले मात्रै पाँच विकेट लिए । लगातार तीन खेल हारेको नेपालले आजको जित दर्ता सङ्गै टेबलको आठौं नम्बरमा उक्लिएको छ ।
नेपालले अब अर्को खेल बुधवार मेलवर्न एकेडेमीसँग खेल्ने छ ।