रुकुम पश्चिम -३०, साउन ।
Advertisement
अस्ट्रेलियामा जारी टप इन्ड टि ट्वान्टीमा नेपाल ४२ रनले पराजित भएको छ । नर्दन टेरोटोरी स्ट्राइक्स (एनटिएस) सँग आज भएको पहिलो खेलमा ४२ रनले पराजित भएको हो ।
जितका लागि १ सय ७८ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए ।
नेपालले अब शनिबार बङ्गलादेश ‘ए’ सङ्ग दोस्रो खेल खेल्नेछ ।