रुकुम पश्चिम -२२, साउन ।
Advertisement
गैरकानुनी रूपमा खाडी मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ । भारत स्थित सामाजिक संस्था ‘किन इंडिया’ को सहयोगमा नेपाली राजदूतावासले महिलाको उद्धार गरेको हो ।
घरेलु कामदारका रूपमा नेपालबाट भारत हुँदै खाडी मुलुक जान लागिएका महिलालाई उद्धार गरेर नेपाल पठाइएको भारतका लागि नेपाली राजदूत डाक्टर शङ्कर शर्माले जानकारी दिए ।
पछिल्लो समय भारतको बाटो हुँदै खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिलाको संख्या बढ्दै गएको छ ।
तर त्यहाँ पुगिसकेपछि घरेलु कामदारको रूपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना र अलपत्र हुने अवस्था पनि बढ्दै गएको छ ।