रुकुम पश्चिम -२०, असार ।
Advertisement
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा युवा नेता आकाश थापा निर्वाचित भएका छन् ।
काठमाण्डौमा आज सम्पन्न पाचौं जिल्ला अधिवेशनबाट थापाको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन गरिएको हो । थापा लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् । उनी अनेरास्ववियूका उपाध्यक्ष समेत हुन् ।
यसैगरी कमिटीको उपाध्यक्षमा मनोज चन्द, सचिवमा हुकुम विसी र उप-सचिवमा राम बहादुर मल्ल निर्वाचित भएका छन् ।
विद्यार्थी विशेष जिल्ला कमिटीमा पदाधिकारी सहित ४१ जना सदस्य चयन गरिएको छ ।
कमिटीको पाचौं जिल्ला अधिवेशनमा प्रमुख अतिथि पार्टी अध्यक्ष माधव कुमार नेपालको उपस्थिति रहेको थियो ।