रुकुम पश्चिम -१४, जेठ ।
Advertisement
नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस तथा २३औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल प्रेस युनियन, रुकुम पश्चिमको टोली विजयी भएको छ ।
प्रेस सेन्टर टिम विरुद्धको खेलमा युनियन टोलीले ५–२ को सानदार जित हासिल गरेको हो । खेल मैत्रीपूर्ण भए पनि दुवै टोलीबीच प्रतिस्पर्धा रोमाञ्चक रह्यो । युनियन टोलीले पहिलो हाफमै ३–१ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
कार्यक्रमका अवसरमा रुकुम पश्चिमका सबै क्रियाशील पत्रकारले यस खेलले पत्रकारबीचको एकता, सहकार्य र समन्वय अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
खेलपछि दुबै टिमले आगामी दिनहरूमा पनि यस्तै सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।