• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

मुसिकोट १२ नम्बर वडाले सार्वजनिक गर्‍यो कार्य प्रगति विवरण

"तीन वर्षको अवधिमा १६ किलोमिटर सडक स्तरोन्नति "

रुकुम पश्चिम -१२, जेठ ।

Advertisement

मुसिकोट नगरपालिका वडानम्बर -१२, ले तेस्रो वर्षको कार्य प्रगति विवरण आज सार्वजनिक गरेको छ । २०७९ मा निर्वाचित भई पदभार ग्रहण पश्चात् तेस्रो वर्षको समीक्षा कार्यक्रम सहितको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।

 

वडाध्यक्ष धिरण सिर्पालीले तेस्रो वर्षको कार्यकालमा जनतासँग गरिएको प्रतिबद्धता अनुरुप वडापालिकाको कामकाज र गतिविधिको प्रगति विवरण सार्वजनिक गरिएको बताए । जसअनुरूप वडाको विकास र समृद्धिलाई उजागर गर्ने गरी चालु वर्ष सहित तीन वर्षको कार्यकालमा भए गरेका कामहरूको प्रगति विवरणलाई समेटिएको छ ।

 

वडाले आर्थिक वर्ष २०८१/८२ मा यातायाततर्फ चारवटा योजनाहरू मध्य तीनवटा सम्पन्न भइसकेको र एकवटा निर्माणको क्रममा रहेको बताएको छ । खानेपानीतर्फ चारवटा योजनाहरू मध्य तीनवटा निर्माण सम्पन्न भइसकेको र एकवटा निर्माणको चरणमा रहेको छ ।सिँचाइतर्फ दुईवटा योजना सम्पन्न भइसकेको र दुईवटा निर्माणकै क्रममा रहेको बताइएको छ ।

 

त्यस्तै विद्यालय भवन निर्माणतर्फ तीनवटा विद्यालय भवन निर्माणको काम भइरहेको तथा एकवटा भवनको काम सम्पन्न भएको वडाले जनाएको छ ।

 

यसैगरी स्वास्थ्य सेवा र विविध तर्फ वडाका स्वास्थ्य शिविर, सुत्केरी आमालाई घरभेट कार्यक्रम, १५ महिनासम्मको बालबालिकालाई नियमित खोप, प्रसुति स्याहार कार्यक्रम लगायत विविध गतिविधि गरिएको वडाध्यक्ष सिर्पालीले बताए ।

 

यहाँको वडापालिकाले प्रशासनिक तर्फ जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता लगायत ८५ वटा पञ्जीकरणका काम गरेको छ । त्यस्तै सामाजिक सुरक्षातर्फ ३ सय ४६ जना र सिफारिसतर्फ ५ सय ८७ जनालाई सेवा उपलब्ध गराइएको छ । राजस्वतर्फ दुई लाख ८६ हजार ७ सय ७४ रुपैयाँ प्रगतिको रूपमा संकलन गरिएको छ ।

 

तीन वर्षको अवधिमा १६ किलोमिटर सडक स्तरोन्नति

मुसिकोट नगरपालिकाको १२ नम्बर वडा कार्यालयले तीन वर्षको अवधिमा १६ किलोमिटर सडक स्तरोन्नति गरेको छ । पञ्चवर्षीय लक्ष्यअनुसार २२ किलोमिटर सडक स्तरोन्नति गर्नुपर्नेमा तीन वर्षको अवधिमा वडा भित्र १६ किलोमिटर सडक स्तरोन्नति गरिएको बताएको छ ।

 

वडाले तीन वर्षमा नयाँ सडक निर्माण, गोरेटो बाटो निर्माण, खानेपानी निर्माण, सिँचाई योजना निर्माण, विद्यालय भवन निर्माण, मन्दिर निर्माण लगायत २५ वटा योजनाहरूको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । जसमध्ये पञ्चवर्षीय लक्ष्य अनुसार तीन वर्षको अवधिमा ७० प्रतिशत लक्ष्य प्राप्त गरिएको बताइएको छ ।

 

यसै उपलब्धिका आधारमा पञ्च वर्षीय लक्ष्य पाँच वर्षीय कार्यकालमा शत प्रतिशत सम्पन्न गरिने वडाध्यक्ष सिर्पालीले जनाए ।

सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.