रुकुम पश्चिम -११, जेठ ।
Advertisement
वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा रहेका नेपालीहरुले एकजना बिरामीलाई आर्थिक सहयोग गरेका छन् । कलेजो सम्बन्धी रोग सँग लडिरहेका सानीभेरी गाउँपालिका वडानम्बर -६, सल्लीचौरका बिरामी धन बहादुर घर्तीलाई आर्थिक सहयोग गरेका हुन् ।
हाल बाँकेको कोहलपुर मेडिकलमा उपचार गराइ राख्नुभएका घर्तीलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि रोजगारीको शिलसिलामा दक्षिण कोरियामा रहेका सानीभेरी -६ का भूपाल कुसारी, केपी कुसारी, ओम प्रकाश पुन लगायतको नेतृत्वमा “धन बहादुर घर्ती बचाऔं अभियान” चालाइएको छ ।
सो अभियान अन्तर्गत त्यहाँ बस्ने ४० जना नेपालीहरुबाट रु १ लाख ५ हजार ४ सय ६३ रुपैयाँ संकलन गरी पत्रकार नारायण ओलीलाई पठाइएको थियो । जुन रकम आइतबार सिम्लीमा पत्रकार नारायण ओलीले बिरामीकी छोरी अमृता घर्तीलाई हस्तान्तरण गरेका छन् ।