• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएलमा आज दुई खेल हुँदै

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

७६औं स्थापना दिवसमा कम्युनिस्ट नेताहरूको आत्मसमीक्षा : ‘फुट र अवसरवादले आन्दोलन कमजोर’


भरत चन्द 

Advertisement

रुकुम पश्चिम – १०, बैशाख ।

नेपाल कम्युनिस्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा मुसिकोट नगरपालिका -५, सेरीगाउँस्थित सहिद स्मृति हलमा आयोजित चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रममा विभिन्न दलका नेताहरूले कम्युनिस्ट आन्दोलन र पार्टीको वर्तमान अवस्थाबारे गम्भीर आत्मसमीक्षा गरेका छन् ।

 

कार्यक्रममा वक्ताहरूले कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा स्वयं कम्युनिस्टहरूकै दोष रहेको भन्दै एकता र आचरण सुधारको खाँचो औंल्याए । उनीहरूले फुट, अवसरवाद र सत्ता मोहका कारण जनतामा वितृष्णा बढेको तर्क गरे ।

 

एकीकृत समाजवादीका जिल्ला उप सचिव अमरराज पुनले कम्युनिस्टहरूले देशमा आमूल परिवर्तन ल्याउने महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आजको राजनीति जनतामा वितृष्णा फैलाउने दिशामा गएको बताए। उनले भने, “सबैको न्याय र मुक्तिका लागि अग्रगामी दलको आवश्यकता छ, त्यसका लागि कम्युनिस्ट एकता अपरिहार्य छ।”

 

सिस्ने गाउँपालिकाका अध्यक्षले शिक्षा ऐन पारित नहुनु र समाजवाद कार्यान्वयनमा ढिलाइ भएको गुनासो राखे ।

 

नेपाली कांग्रेसका नेता हर्कसिङ खत्रीले वर्गीय दृष्टिकोणमा सबै दलहरू एकजुट हुनुपर्नेमा जोड दिँदै सहकार्यले मात्रै सहिदको सपना पुरा गर्न सकिने बताए ।

 

नेकपा एमालेका नेता नन्दराम देवकोटाले कम्युनिस्टको बिभाजन देशको लागि क्षति भएको बताउँदै दोस्रो पुस्ताले आचरण सुधारेर नेतृत्व गर्नुपर्ने धारणा राखे ।

 

पूर्वमन्त्री रातो कामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा कम्युनिस्टहरूको योगदान सम्झिँदै न्यायका लागि नेतृत्व एक ठाउँमा आउनुपर्ने बताए ।

 

पूर्व प्रदेशमन्त्री उर्मिला विश्वकर्माले संघीयता र जनताको आवाज उठाउने विषयमा निरन्तर आवाज उठाइरहेको बताइन् ।

 

प्रदेश सभा सदस्य महेन्द्र केसीले सहिदको योगदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै जिम्मेवार हुनुपर्ने बताए।

 

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन र पार्टीको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै भने, “जनताले परिवर्तन त पाए, तर जीवनस्तर उकास्ने अपेक्षामा सरकार चुकेको छ। जनताको आक्रोशको जड नेतृत्वमा देखिएको स्वार्थ र जनमुखी योजनाको अभाव हो।”

 

उनले सत्ता मोहभन्दा माथि उठेर जनताप्रति प्रतिबद्धता देखाउन कम्युनिस्ट पार्टीहरूलाई आग्रह गरे। “अब ग्राउन्ड लेबलबाट क्रान्तिको बहस सुरु हुनुपर्छ। समाजवादी क्रान्ति आजको आवश्यकता हो,” उनले जोड दिए।

 

कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, नेपाली कांग्रेस लगायत विभिन्न पार्टीका नेताहरूको सहभागिता रहेको थियो ।

बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएलमा आज दुई खेल हुँदै

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.