• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएलमा आज दुई खेल हुँदै

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पत्रकार सुरेश रजकको हत्या : प्रेस स्वतन्त्रतामाथि निर्मम प्रहार

भरत चन्द 

Advertisement

रुकुम पश्चिम -५, वैशाख ।

समाचार संकलनका क्रममा खटिएका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको चैत १५ गते राजावादीले गरेको आन्दोलनका क्रममा आगोमा जलेर मृत्यु भयो । काठमाडौंको तीनकुनेस्थित एक घरमा आन्दोलनको भिडियो खिचिरहेका बेला आन्दोलनकारीले लगाएको आगजनीका कारण २९ वर्षीय पत्रकार रजकको ज्यान गएको पुष्टि भैसकेको छ ।

राजावादीले गरेको आन्दोलनले उग्र रुप लिएपछि रिपोर्टिङ्का क्रममा रहेका रजकलाई योजनाबद्ध ढंगले हमला गरिएको प्रारम्भिक अनुमान गरिएको छ । प्रेस स्वतन्त्रताको ग्यारेन्टी भएको देशमा समाचार संकलनकै क्रममा एक पत्रकारको हत्या हुनु अत्यन्तै दुःखद र चिन्ताजनक विषय बनेको छ ।

छानबिनको माग, राज्य मौन

पीडित परिवारले घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गर्दै आए पनि राज्य पक्ष हालसम्म मौन जस्तै छ । सुरेश रजकको परिवार र सहकर्मीहरूले घटनामा संलग्नलाई छिटोभन्दा छिटो पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । तर, घटनापछि सरकारले कुनै ठोस प्रतिक्रिया भने दिएको छैन ।

पत्रकार संगठनको आक्रोश

रजकको मृत्युपछि सबै पत्रकार र पत्रकार आवद्ध विभिन्न संघ-संगठनले मृतक रजकको न्यायको लागि विभिन्न आन्दोलनका कदम चालिरहेका छन् ।

जसअनुरुप समाजवादी प्रेस संगठन नेपालले पनि रजकको न्यायको लागि सक्दो अभियान चलाएको छ । अध्यक्ष सम्भु श्रेष्ठका अनुसार संगठनले रजकको परिवारलाई भेटेर ५० हजार आर्थिक सहयोग गरेको बताएको छ ।

त्यस्तै बिहीबार मात्रै एक विज्ञप्ति जारी गर्दै पत्रकार रजकको हत्याप्रति गहिरो दुःख र आक्रोश व्यक्त गरेको छ । संगठनले पत्रकार रजकलाई ‘सहिद’ घोषणा गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन तथा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ ।

संगठनले काठमाडौंको शान्तिवाटिकामा हिजो मौन विरोध कार्यक्रममा गरेको थियो । अध्यक्ष सम्भु श्रेष्ठले रजकका लागि संगठनले अगाडि सारेका मागहरु यथाशीघ्र सुनुवाइ नगरे थप संघर्षका कार्यक्रम अगाडि बढाउने  चेतावनी दिएका छन् ।

शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएलमा आज दुई खेल हुँदै

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.