रमेश मल्ल
Advertisement
मुसिकोट संवाददाता -७, चैत ।
रुकुम पश्चिम स्थित मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा ६ विद्यार्थी संगठनले आज संगठन दर्ता गरेका छन् । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत चैत १८ गते हुने स्ववियू निर्वाचनका लागि जिल्लाका क्रियाशील ६ वटा विद्यार्थी संगठनले आफ्नो संगठन दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृत हर्क बहादुर ओलीका अनुसार स्ववियू निर्वाचन परियोजनाका लागि अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारी बहुमतले संगठन दर्ता गरेका छन् ।
मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिल्लाको एकमात्र मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनलाई चासोको रुपमा हेरिएको छ ।