• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • २. परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३. प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४. कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५. एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६. एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

  • ७. विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ८. सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ९. कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • १०. लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

बिकलको जीवन: नियतिका निर्मम घाउहरू


रुकुम पश्चिम -११, फागुन ।

Advertisement

रुकुम पश्चिम मुसिकोट नगरपालिका -५, का बिकल केसीको जीवन सानै उमेरदेखि दुःख, पीडा र संघर्षको कथाले भरिएको छ । नियतिले उनलाई बारम्बार यस्ता घाउहरू दियो, जसको कल्पना कुनै पनि साधारण मानिसले गर्न सक्दैन ।

सानै उमेरमा बुवाको मृत्यु

२०६४ साल, जब बिकल जम्मा पाँच वर्षका थिए, उनका बुवा गम्भीर बिरामी भए । दुवै मिर्गौला फेल भएपछि उपचारका लागि धेरै पैसा खर्च भयो, तर उनको जीवन बचाउन सकिएन । बिकलले सानैमा बुवाको काख गुमाए । साँझ परेपछि छिमेकीका बुबाहरू चकलेट लिएर घर फर्कंदा, उनले पनि बाटो हेर्थे, तर उनका बुबा फर्किन्थेनन् । आमाको काखमा टाउको गाडेर निस्सासिएर रुने गर्थे ।

खुट्टाको अप्रेसन पीडा

बुवाको मृत्युको केही समयपछि, जब बिकल जम्मा ६ वर्षका थिए, उनको देब्रे खुट्टामा गम्भीर चोट लाग्यो । हड्डी इन्फेक्सन भएपछि काठमाडौँको टिचिङ अस्पतालमा उपचार गर्न लगियो । घाउ यति जटिल भइसकेको थियो कि डाक्टरले खुट्टा काट्नुपर्ने सल्लाह दिए । तर आमाले आफ्नो छोराको खुट्टा काट्न मानेनन् । डाक्टरलाई निरन्तर आग्रह गर्दै उनले अप्रेसन मार्फत खुट्टा बचाउन सफल भइन् ।

मुटुको अप्रेसन र बाल्यकालको संघर्ष

बिकल आठ वर्षको हुँदा उनलाई श्वास फेर्न गाह्रो हुन थाल्यो, रिंगटा लाग्ने, शरीर निलो हुने जस्ता समस्याहरू देखिए । घरमा झारफुक गरियो, तर सुधार भएन । काठमाडौं लगेपछि डाक्टरले मुटुको एउटा भल्भ काम गर्न छोडेको र तुरुन्तै अप्रेसन गर्नुपर्ने बताए । सानो उमेरमै छाती चिरेर भल्भ फेर्नुपर्यो । उनको बाल्यकाल सामान्य बालबालिकाजस्तो भएन । अरू बालबालिकाले खेल्ने, रमाउने समयमा उनी अस्पतालका बेडहरूमा पीडासँग जुधिरहेका थिए ।

दाइको भेन्टिलेटरमा जीवनमरण संघर्ष

२०७९ सालमा बिकलका दाइ, राजन केसी गम्भीर बिरामी भए । सुरुमा सामान्य उपचार गरियो, तर सुधार भएन । उनलाई ICU मा राखियो, तर अवस्था झन् जटिल बन्दा १५ दिनसम्म भेन्टिलेटरमा राख्नुपर्यो । परिवारले जस्तोसुकै उपाय अपनाएर भए पनि उपचार गराए । ऋण लिएर भए पनि दाइलाई बचाइयो ।

दिदीको कारुणिक मृत्यु

२०८१ सालको भदौमा अर्को बज्रपात आइलाग्यो । उनकी दिदी, निर्मला केसी मोटरसाइकलमा यात्रा गर्दै गर्दा खोलाले बगाएर बेपत्ता भइन् । केही समयपछि उनको शव भेटियो। निर्मलाका दुई साना नानीहरू आमा गुमाएर टुहुरा भए । यो घटनाले बिकलको परिवारलाई झन् ठूलो मानसिक चोट दियो ।

अहिले बिकल जीवन र मृत्युको दोसाँधमा

बिकल अहिले २२ वर्षका छन् । विगतमा गरिएको मुटुको भल्भ अपरेसन फेल भएको छ । फोक्सो, कलेजो, किड्नी जस्ता अंगहरूमा अक्सिजन पुग्न छोड्दा उनको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ । उनको छाती र पेट अस्वाभाविक रूपमा सुन्निएको छ, र उनी बेला–बेला निसासिन्छन् । डाक्टरले तुरुन्तै भल्भ फेर्नुपर्ने बताएका छन् । अपरेसन गर्नलाई ७ लाख रुपैयाँ आवश्यक छ, जुन उनको परिवारसँग छैन ।

आमाको आँसु, बाजेको स्तब्धता

८२ वर्षका बाजे बिकलको अवस्थाले स्तब्ध छन् । छोराको मृत्यु, जेठो नातिको गम्भीर बिरामीपन, नातिनीको मृत्यु, र अहिले कान्छो नातिको जीवनमरणको लडाइँ देखेर उनी निरन्तर टोलाइरहन्छन् । बिकलकी आमाले छोरो छटपटाइरहेको देख्न सकिरहेकी छैनन् । उनले भनेकी छिन “बाँच्ने आशा भए अपरेसन गर्छु, पैसा जुटाउन जो जस्ले जति सक्नुहुन्छ, मदत गरिदिनुहोला ।”

सहयोगका लागि अपिल

बिकल बाँच्न चाहन्छन् । सानैदेखि उनले दुख मात्रै भोगे, तर बाँचेपछि परिवारलाई खुसी दिने उनको इच्छा छ ।

उनको जीवन रक्षाका लागि सहयोग गर्न सकिने खाता विवरण …।

नाम: Bikal K.C. खाता नम्बर: 01419750370 बैंक: Siddhartha Bank, Rukum West.

तपाईंको सानो सहयोगले बिकललाई नयाँ जीवन दिन सक्छ । 

आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी
लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी
सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य
विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश
एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

लोकप्रिय

  • १.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • २.
    परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३.
    प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

भर्खरै

  • १.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • २.
    लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

  • ३.
    कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • ४.
    सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ५.
    विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ६.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ७.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ८.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2025 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.