• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

बिकलको जीवन: नियतिका निर्मम घाउहरू


रुकुम पश्चिम -११, फागुन ।

Advertisement

रुकुम पश्चिम मुसिकोट नगरपालिका -५, का बिकल केसीको जीवन सानै उमेरदेखि दुःख, पीडा र संघर्षको कथाले भरिएको छ । नियतिले उनलाई बारम्बार यस्ता घाउहरू दियो, जसको कल्पना कुनै पनि साधारण मानिसले गर्न सक्दैन ।

सानै उमेरमा बुवाको मृत्यु

२०६४ साल, जब बिकल जम्मा पाँच वर्षका थिए, उनका बुवा गम्भीर बिरामी भए । दुवै मिर्गौला फेल भएपछि उपचारका लागि धेरै पैसा खर्च भयो, तर उनको जीवन बचाउन सकिएन । बिकलले सानैमा बुवाको काख गुमाए । साँझ परेपछि छिमेकीका बुबाहरू चकलेट लिएर घर फर्कंदा, उनले पनि बाटो हेर्थे, तर उनका बुबा फर्किन्थेनन् । आमाको काखमा टाउको गाडेर निस्सासिएर रुने गर्थे ।

खुट्टाको अप्रेसन पीडा

बुवाको मृत्युको केही समयपछि, जब बिकल जम्मा ६ वर्षका थिए, उनको देब्रे खुट्टामा गम्भीर चोट लाग्यो । हड्डी इन्फेक्सन भएपछि काठमाडौँको टिचिङ अस्पतालमा उपचार गर्न लगियो । घाउ यति जटिल भइसकेको थियो कि डाक्टरले खुट्टा काट्नुपर्ने सल्लाह दिए । तर आमाले आफ्नो छोराको खुट्टा काट्न मानेनन् । डाक्टरलाई निरन्तर आग्रह गर्दै उनले अप्रेसन मार्फत खुट्टा बचाउन सफल भइन् ।

मुटुको अप्रेसन र बाल्यकालको संघर्ष

बिकल आठ वर्षको हुँदा उनलाई श्वास फेर्न गाह्रो हुन थाल्यो, रिंगटा लाग्ने, शरीर निलो हुने जस्ता समस्याहरू देखिए । घरमा झारफुक गरियो, तर सुधार भएन । काठमाडौं लगेपछि डाक्टरले मुटुको एउटा भल्भ काम गर्न छोडेको र तुरुन्तै अप्रेसन गर्नुपर्ने बताए । सानो उमेरमै छाती चिरेर भल्भ फेर्नुपर्यो । उनको बाल्यकाल सामान्य बालबालिकाजस्तो भएन । अरू बालबालिकाले खेल्ने, रमाउने समयमा उनी अस्पतालका बेडहरूमा पीडासँग जुधिरहेका थिए ।

दाइको भेन्टिलेटरमा जीवनमरण संघर्ष

२०७९ सालमा बिकलका दाइ, राजन केसी गम्भीर बिरामी भए । सुरुमा सामान्य उपचार गरियो, तर सुधार भएन । उनलाई ICU मा राखियो, तर अवस्था झन् जटिल बन्दा १५ दिनसम्म भेन्टिलेटरमा राख्नुपर्यो । परिवारले जस्तोसुकै उपाय अपनाएर भए पनि उपचार गराए । ऋण लिएर भए पनि दाइलाई बचाइयो ।

दिदीको कारुणिक मृत्यु

२०८१ सालको भदौमा अर्को बज्रपात आइलाग्यो । उनकी दिदी, निर्मला केसी मोटरसाइकलमा यात्रा गर्दै गर्दा खोलाले बगाएर बेपत्ता भइन् । केही समयपछि उनको शव भेटियो। निर्मलाका दुई साना नानीहरू आमा गुमाएर टुहुरा भए । यो घटनाले बिकलको परिवारलाई झन् ठूलो मानसिक चोट दियो ।

अहिले बिकल जीवन र मृत्युको दोसाँधमा

बिकल अहिले २२ वर्षका छन् । विगतमा गरिएको मुटुको भल्भ अपरेसन फेल भएको छ । फोक्सो, कलेजो, किड्नी जस्ता अंगहरूमा अक्सिजन पुग्न छोड्दा उनको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ । उनको छाती र पेट अस्वाभाविक रूपमा सुन्निएको छ, र उनी बेला–बेला निसासिन्छन् । डाक्टरले तुरुन्तै भल्भ फेर्नुपर्ने बताएका छन् । अपरेसन गर्नलाई ७ लाख रुपैयाँ आवश्यक छ, जुन उनको परिवारसँग छैन ।

आमाको आँसु, बाजेको स्तब्धता

८२ वर्षका बाजे बिकलको अवस्थाले स्तब्ध छन् । छोराको मृत्यु, जेठो नातिको गम्भीर बिरामीपन, नातिनीको मृत्यु, र अहिले कान्छो नातिको जीवनमरणको लडाइँ देखेर उनी निरन्तर टोलाइरहन्छन् । बिकलकी आमाले छोरो छटपटाइरहेको देख्न सकिरहेकी छैनन् । उनले भनेकी छिन “बाँच्ने आशा भए अपरेसन गर्छु, पैसा जुटाउन जो जस्ले जति सक्नुहुन्छ, मदत गरिदिनुहोला ।”

सहयोगका लागि अपिल

बिकल बाँच्न चाहन्छन् । सानैदेखि उनले दुख मात्रै भोगे, तर बाँचेपछि परिवारलाई खुसी दिने उनको इच्छा छ ।

उनको जीवन रक्षाका लागि सहयोग गर्न सकिने खाता विवरण …।

नाम: Bikal K.C. खाता नम्बर: 01419750370 बैंक: Siddhartha Bank, Rukum West.

तपाईंको सानो सहयोगले बिकललाई नयाँ जीवन दिन सक्छ । 

आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

भर्खरै

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ३.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ४.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ५.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ६.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.