रुकुम पश्चिम -५, फागुन ।
Advertisement
नेपालको राजधानी काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरले बिहान ७ बजेसम्म काठमाडौँको वायु प्रदूषण एक सय ७० एक्यूआई मापन गरेको छ ।
सोही अनुसार काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । काठमाडौँ चौथो वायु प्रदूषित सहर बन्दा भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा रहेको छ ।
दुईसय एक एक्यूआई सहित दिल्ली विश्वको सबैभन्दा प्रदूषित सहर बनेको छ । त्यस्तै दक्षिण एसियाली मुलुक बङ्गलादेशको ढाका दोस्रो र पाकिस्तान तेस्रो नम्बरमा रहेको छ ।