रुकुम पश्चिम -३, फागुन ।
Advertisement
नेपालको केही प्रदेशको उच्च हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागको मौसम सफा रहने छ ।
नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज तराईका केही भू–भागहरूमा हुस्सु/कुहिरो लाग्ने छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट सुरक्षित रहन आवश्यक पर्ने उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।