रुकुम पश्चिम २९, माघ ।
Advertisement
रुकुम पूर्वको भूमे गाउँपालिकामा आज बेलुकी तीनजनाको शव भेटिएको छ । जिल्लाको भूमे गाउँपालिका वडानम्बर -४, साकिममा तीनजनाको शब भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार तल्लो साकिमका अन्दाजी ५२ वर्षीय चन्द्रसिंह पुन मगरले धारिलो हतियार प्रयोग गरी दुई जनाको हत्या गरेका छन् । चन्द्रसिंहले ६० वर्षीया ढाटी बुढा मगर र उनको नाति ८ महिनाको समिर बुढा मगरलाई घरेलु हतियार खुकुरीले रेटेर हत्या गरेको बुझिएको छ ।
घटनापछि फरार रहेका चन्द्रसिंहलाई खोज तलासका क्रममा स्थानीय खुलखुले खोलामा मृत अवस्थामा फेला पारिएको छ । उनको टाउकोमा पनि धारिलो चोट लागेको प्रहरीले बताएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको भनाइ छ ।