• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
सोमबार, चैत २३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

लोकप्रिय समाचार

  • १. तुलसीराम खड्काका तीन मुक्तक

  • २. एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ३. शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • ४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ७. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ८. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ९. रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • १०. मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’


धगनढी, चैत १०
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका सङ्गठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गर्नुभएको छ ।

Advertisement

कैलालीको भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले देश र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने भएकाले परिश्रम र देशभक्तिको ज्ञान अरूलाई सिकाएर सहयोग पुर्‍याउनुपर्छ भन्नुभयो ।

प्रधानसेनापति शर्माले भन्नुभयो, ‘स्वदेशमै बसेर माटो खन्ने र खोस्रने गर्नुस्, परिवार, समाज र देशको आर्थिक विकासमा टेवा पुर्‍याउनुस्, विदेश जाने सोचमा हुनुहुन्छ भने त्याग्नुस् ।’ विदेशमा गएकाले धेरै दुःख पाएको देखेको घटना सुनाउँदै उहाँले भन्नुभयो, ‘त्यहाँ नेपालीले तल्लोस्तरको काम गरेको देख्दा चित्त दुख्छ, नेपाली माटोमै केही गरेर देखाउनुस्, विदेशमा पैसा फलेको हुन्न, झन् दुःख पाइन्छ, तपाईँ सक्षम हुनुहुन्छ, तालिम र ज्ञानलाई यही प्रयोग गर्न अनुरोध गर्छु ।’

कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले कोषमार्फत प्रदान गरिएको सहुलियतपूर्ण कर्जाको सदुपयोग गरी स्वरोजगार र आयआर्जन बढाउँदै जीवनस्तर उकास्न सुझाव दिनुभयो ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका वरिष्ठ उपाध्यक्ष अवकाश प्राप्त सहायक रथी केशरबहादुर भण्डारी, अप्रा उपरथी शम्शेर ठकुरी र बलाध्यक्ष रथी सरोजप्रताप राणाले कोषमार्फत सञ्चालन भएका स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियत कार्यक्रमले भूपू सैनिकको जीवनस्तर उकास्न गरेको योगदानको चर्चा गर्नुभएको थियो ।

सम्मेलनका क्रममा १०६ वर्षीया एकल महिला भद्रकाली कठायत र ९३ वर्षीय खड्गजीत खत्रीलाई ज्येष्ठ भूपू तथा एकल महिलाको सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा यस क्षेत्रको भेषभुषा, झाँकी प्रदर्शन गरियो । कार्यक्रममा प्रधानसेनापति शर्माले भूपू सैनिक र उनीहरूका परिवारसँग अन्तर्क्रिया गर्नुभएको थियो भने सम्मेलनमा कैलालीका ९१९ र कञ्चनपुरका एक हजार ३४४ भूपू सैनिक तथा एकल महिला परिवारको सहभागिता थियो ।

बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह
शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत
एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी
पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा
तुलसीराम खड्काका तीन मुक्तक
रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

लोकप्रिय

  • १.
    तुलसीराम खड्काका तीन मुक्तक

  • २.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ३.
    शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • ४.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

भर्खरै

  • १.
    आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

  • २.
    शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • ३.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ४.
    पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

  • ५.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ६.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ७.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • ८.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.