रुकुम पश्चिम -२५, भदौ ।
Advertisement
नेपालले एसिसी मेन्स प्रिमियर कपमा ओमानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मलेसियाको वायुमास क्रिकेट ओभल स्टेडियममा आज भएको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४५ ओभर चार बल खेल्दै १ सय ४७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमान
२८ ओभर १ बलमा अल आउट हुँदै ६० रन मात्र बनाउन सक्यो ।
अब नेपालले उपाधिका लागि फाइनल खेल युएईसँग खेल्नेछ । प्रतियोगिताको विजेता एसिया कपमा छनोट हुनेछ ।