• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

त्रिवेणी प्रज्ञा प्रतिष्ठान रुकुम पश्चिमको प्रथम स्थापना दिवस मनाइयो  


रुकुम पश्चिम -२१, भदौ ।

Advertisement

त्रिवेणी गाउँपालिका -२, सिस्रुतु स्थित सहिद स्मृति सभाहलमा शनिबार त्रिवेणी प्रज्ञा प्रतिष्ठानको प्रथम स्थापना दिवस विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गरेर मनाइएको छ । त्रिवेणी प्रज्ञा स्मारिका -२०८३ विमोचन, स्रष्टा सम्मान तथा माध्यमिक विद्यालय स्तरीय एकल लोकगीत प्रतियोगिता सञ्चालन गरी कार्यक्रम मनाइएको हो ।

 

प्रतियोगितामा विद्यार्थीहरूले मौलिक लोकगीत प्रस्तुत गर्दै आफ्नो गायन प्रतिभासँगै स्थानीय कला, संस्कृति र लोक परम्पराको झल्को प्रस्तुत गरेका छन् । कार्यक्रममा बोल्ने वक्ताहरूले समेत स्थानीय भाषा, साहित्य, कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनमा त्रिवेणी प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

 

साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र साहित्यसँग जोड्दै स्थानीय स्रष्टा तथा प्रतिभाको पहिचान, सम्मान र प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत वक्ताहरूको भनाइ छ ।

 

प्रतिष्ठान स्थापना भएको पहिलो वर्षमै स्मारिका प्रकाशन, स्रष्टा सम्मान तथा विद्यार्थी स्तरीय लोकगीत प्रतियोगिता जस्ता कार्यक्रम मार्फत त्रिवेणीको साहित्यिक र सांस्कृतिक पहिचानलाई उजागर गर्ने प्रयास गरिएको छ । आगामी दिनमा स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षणसँगै नयाँ प्रतिभाको खोजी र प्रोत्साहनमा प्रतिष्ठानले थप प्रभावकारी भूमिका निर्वाह गर्ने बताएको छ ।

 

स्थापना दिवसको अवसरमा आयोजित माध्यमिक विद्यालय स्तरीय एकल लोकगीत प्रतियोगितामा त्रिवेणी गाउँपालिकाका सातवटा विद्यालयका छात्र तथा छात्राहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुकी छात्रा संगीता विकले प्रथम हुँदै २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।

 

त्यस्तै विद्या विकास माध्यमिक विद्यालय जिवाङ्गकी छात्रा मुना ओली द्वितीय हुँदै २ हजार रुपैयाँ, अन्धनाशक माध्यमिक विद्यालय खुम्चेरीकी छात्रा रोशनी खड्का तृतीय हुँदै १ हजार ५ सय रुपैयाँ तथा विद्या विकास माध्यमिक विद्यालय, जिवाङ्गका छात्रा खुसी ओलीले सान्त्वना स्थान हासिल गर्दै १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको बताइएको छ । पुरस्कृत सबैलाई प्रमाण-पत्र प्रदान गरिएको छ ।

 

कार्यक्रममा स्थानीय तहमध्ये कर्णाली प्रदेशमै एकमात्र पहिलो स्थापना प्रज्ञा प्रतिष्ठानले त्रिवेणीको कला, साहित्य र सांस्कृतिक रुपान्तरनको क्षत्रमा योगदान गर्नुहुने त्रिवेणी -२, का झक्कु प्रसाद घर्ती मगर, त्रिवेणी -५, का नन्दकुमार घर्ती र त्रिवेणी -१, का खड्क बहादुर बोहरालाइ संस्थाले सम्मान पत्र र खादाले सम्मान गरेको छ ।

 

कार्यक्रममा प्रतिष्ठानको वार्षिक प्रगति प्रतिवेदन र आगामि चालु आर्थिक वर्षका कार्यक्रमहरू समेत पेश गरिएको थियो ।

 

त्रिवेणी प्रज्ञा परिषदका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष एवं त्रिवेणी प्रज्ञा प्रतिष्ठानका कुलपति गणेश कुमार केसीको प्रमुख अतिथि रहेको थियो । प्रतिष्ठान प्रज्ञा परिषदका सदस्य कुबेर ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन त्रिवेणी प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव नवराज खड्काले गरेका थिए ।

आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.