रुकुम पश्चिम -११, भदौ ।
Advertisement
संयुक्त रुकुम यातायात प्रालिले आज प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ जम्मा गरेको छ । रसुवा बाढीबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरिएको हो ।
प्रालिका अध्यक्ष डम्बर थापाका अनुसार एक प्रेस विज्ञप्ति मार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राहत कोषमा रकम जम्मा गरिएको छ । साथै रसुवा बाढीबाट अवरुद्ध सडकका कारण सरकारले जारी गरेको सूचना बमोजिम संयुक्त रुकुम यातायातका बसहरू सञ्चालन नहुने जनाएको छ ।
यस्तो विषम परिस्थितिमा सबै महानुभाव र सरोकारवालालाई उद्धार, राहत र पुनर्स्थापनामा जुट्न उक्त प्रालिले अनुरोध पनि गरेको छ ।