रुकुम पश्चिम -८, भदौ ।
Advertisement
नेपाल `ए´ले अस्ट्रेलियामा जारी टप एन्ड टि ट्वान्टीमा होबार्ट हुरिकेन्सलाई एकसय ५५ रनको टार्गेट दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो ।
टप एन्ड टि ट्वान्टी अन्तर्गत आजको तेस्रो खेलमा नेपालका लागि कुशल भुर्तेलले ३४ रन बनाए । यसअघिका दुवै खेल गुमाएको नेपालले आज होबार्ट हुरिकेन्सलाई प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।
भदौ १४ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ । जसमा बङ्गलादेश र न्यूजील्याण्डले ‘ए’ टोली पठाएको छ । अन्य टिममा अस्ट्रेलियाको बिग बास लिग खेलिरहेका टिम रहेका छन् ।
प्रतियोगितामा नेपाल ‘ए’ सहित एनटी स्ट्राइक, बङ्गलादेश हाई–परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरिया रहेका छन् ।