• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लघुकथा : राजकुमारीको आयु


रुकुम पश्चिम -२७, असार ।

Advertisement

एकादेशमा एक वीर प्रतापी राजा थिए । उनी निकै दुरदर्शि र ज्ञानी पनि थिए । उनलाई साथ दिने रानी थिइन् । उनका एकदमै आकर्षक सुन्दरी एक्ली छोरी राजकुमारी थिइन् । सुखी दरबार थियो । त्यहाँका जनताहरु पनि दरबारको चालचलन देखी खुसी थिए ।

 

राजा फुर्सदको बेला यसो रमाइलो गर्न घना जङ्गलतिर शिकार गर्न जान्थे । उनले शिकार गरेर दरबार ल्याउँथे र भान्सेलाई दिन्थे । भान्सेले मिठो परिकार बनाएर राजपरिवारलाई दिन्थ्यो । उनिहरु मिठो मानेर खान्थे ।

 

त्यस्तै रानी र राजकुमारी दरबारको समिपमै भएको सुन्दर बगैंचातिर घुमफिर गरि रमाउने गर्थे । यसरी दरबारको दिनचर्या चलेको थियो ।

 

एकदिनको कुरा हो, राजा आफ्ना जनताहरुलाई भेटघाट गर्न जनताहरुको घरदैलोतिर गएका थिए । त्यसैबेला एकजना फिरन्ते ज्योतिष दरबारको गेटनिर आइपुग्यो । गेटका सुरक्षा गार्डसंग दरबार भित्र जान दिन अनुरोध गर्‍यो । सुरक्षा गार्डले तपाई किन दरबार भित्र जाने हो, कारण सोधे ।

 

फिरन्ते ज्योतिषले भन्यो, “मैले राजकुमारीको भाग्यरेखा हेर्नुपर्ने हुन्छ ।” त्यही भएर जाने हो । उसले भनेपछि, सुरक्षा गार्ड सँगै दररबार भित्र प्रवेश गरे ।

 

रानी र राजकुमारी दरबारकै बगैंचातिर बसेर कविता पढिरहेका थिए । त्यहीँनिर फिरन्ते ज्योतिष गएर रानी र राजकुमारीलाई प्रणाम गर्‍यो । रानीले हसिलो मुहारमा प्रणाम दर्शन गर्दै, “ज्योतिष तिमीलाई दरबारमा स्वागत छ ।” भन्दै के कति कामले यहाँ आयौं ? भनिन् ।

 

फिरन्ते ज्योतिषले भन्यो, “रानीसाइब, राजकुमारीको भाग्यरेखा कस्तो होला?” भनेर हेर्न म यहाँ आएको हुँ । उसको कुरा सुनेपछि रानीले ए हो ठिक छ । राजकुमारीको हात हेरिदेउ न भनेपछि राजकुमारीले हात देखाइन् । फिरन्ते ज्योतिषले हात हेरिदिन थाल्यो ।

 

उसले हात हेर्दै भन्यो, ल रानीसाइब राजकुमारीको त आयु एकदम कम रहेछ । त्यतिबेलै राजकुमारीले हात तानिन् । रानी दु:खी चेहरामा देखिन्, राजकुमारी निराश भइन् । फिरन्ते ज्योतिष दान दक्षिणा लिएर दरबारबाट बाहिर गयो ।

 

राजा जनताहरुलाई भेटघाट सकेर दरबारमा आए । दरबारमा रानीलाई चिन्तित र राजकुमारीलाई निराश अनि दुखी भएको देखे । राजा एकक्षण, के भएको होला भनेर उत्सुक भए र रानीलाई सोधे । रानी के भयो तिमीहरूलाई ? रानीले जवाफ दिइन्, अगाडि ज्योतिष आएको थियो । उसले हाम्री राजकुमारीको हात हात हेर्‍यो ।”

 

राजकुमारीको आयु कम रहेछ भन्यो । राजा पलमै हाँसे हा….हा । रानी आजभन्दा केही बर्ष पहिले मलाई पनि ज्योतिषले कम आयु छ भनेको थियो । अहिलेसम्म केही भएको छैन । जे हुन्छ विधाताको भरोसा ।

 

ज्योतिषको कुरा अन्धविश्वासी थियो । हाम्री राजकुमारीलाई केही हुँदैन । आफ्ना बुवाको कुरा सुनेपछि राजकुमारी छ्क्कै परिन् । साँच्चै म भ्रममा थिएँ क्या हो भन्दै खुसी भइन् ।

शनिबार, असार २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

भर्खरै

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ३.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ४.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ५.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ६.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.