रुकुम पश्चिम -१२, असार ।
Advertisement
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाकी एक सुत्केरीलाई आज हेलिकोप्टरबाट उद्धार गरिएको छ । वडानम्बर -२, कि प्यारी पुनलाई नेपाली सेनाको हेलिकोप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो ।
सुत्केरी व्यथा लागेर चौरजहारीमा रहेको एचडिसी अस्पतालमा इमर्जेन्सी अपरेशन पछि अत्यधिक रक्तस्राव हुँदा सुत्केरी पुनलाई सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
उनको स्वास्थ्य अवस्था अति जोखिम हुँदा थप उपचारका लागि राष्ट्रिय महिला सशक्तिकरण परियोजना मार्फत हेलिकोप्टरबाट सुर्खेत लागिएको हो ।