रुकुम पश्चिम -८, असार ।
Advertisement
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले एक कर्मचारीको निधनमा आज शोक बिदा दिएको छ । गाउँपालिका अस्पताल छोटेबगरमा सुरक्षा गार्डको रुपमा कार्यरत राम बहादुर ओलीको सानीभेरी नदीमा पौडी खेल्ने क्रममा निधन भएपछि एकदिने शोक बिदा दिएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काका अनुसा गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थामा शोक बिदा दिइएको छ ।
ओलीको आईतबार पौडी खेल्ने क्रममा नदीमा बगेर निधन भएको बताइएको छ । पालिकाले शोक बिदाको दिन आज गाउँ सभा समेत स्थगित गरेको छ ।