रुकुम पश्चिम -९, जेठ ।
Advertisement
हे भगवान मलाई अजिब लाग्छ
यो मायापाश संसार देखेर
मेरो कौतुहलताको जवाफ दैवसंग नहुन सक्छ ।
जति ज्ञानको मन्थन गरे पनि
त्यसको उत्तर यथार्थमा नटिक्न सक्छ ।
एक बन्दनरुपी गफाडी फकिरसँग
आखिर के नै छ र त्यस्तो ऊ सँग
मायाविनी एकदमै आकर्षित हुनुपर्ने
कठै चुम्बकीय चुम्बनमा रम्नु पर्ने ।
नयन भएर पनि जहाँ देखिन्छ अन्धोपना
सच्चा सम्बन्धमा पनि जहाँ देखिन्छ बेवास्ता
के लतले होला देखाउन सकेको यस्तो ब्यहोरा
अनैतिक झिल्को पाउँदा वायुसरी छ दुनियाँ ।
सत्यता भन्नु खोज्दा प्रकृतिसँग छ
मुना पालुवा फलफूल वृक्षलाई हेर
आफ्नै नियम जीवजन्तूको सृष्टि छ
समयको गति यिनैको कामबासना हेर ।
मनुष्य लीला यसरी के भाको आज
नैतिकता हराउँदै गाको हामी माझ
आत्मसंयम नियम जो मानी चल्दछ
उसकै नाम लोकमा सफल बन्दछ ।