रुकुम पश्चिम -२२, वैशाख ।
Advertisement
आइसिसी विश्व कप लिग-२ अन्तर्गत जारी एकदिवसीय त्रिकोणात्मक सिरिजमा आज नेपालले अन्तिम खेल ओमानसँग खेल्दैछ । खेल बिहान ९:३० बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाललाई आज ओमान सँगको पछिल्लो हारको बदला लिने माैका छ । यदि नेपालले ओमानलाई जित्न सके अङ्क तालिकामा दुई अङ्क थप्दै सिरिजको सुखद् अन्त्य गर्ने छ ।
नेपालसँगै ओमान र युएई सहभागी त्रिकोणात्मक सिरिजमा नेपालले युएईलाई दुई खेलमा पराजित गरेको छ भने ओमानसँग एकवटा खेलमा हार ब्यहोरेको छ ।
त्यस्तै युएईले ओमानलाई दुई खेलमा पराजित गर्दा ओमानले नेपाल सँगको एकवटा खेलमा मात्र जित दर्ता गरेको छ ।