रुकुम पश्चिम -२०, वैशाख ।
Advertisement
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१, सल्लेमा दश दिने समुदायमा आधारित मनोपरामर्श तालिम आजदेखि सुरु भएको छ । नेपाल जनजागरण मञ्च र युनाटेड मिसन टू नेपाल कर्णाली प्रदेश सुर्खेत क्लस्टर संगको साझेदारीमा सञ्चालित सामुदायिक रूपान्तरण परियोजना अन्तर्गत मनोपरामर्श तालिम सुरु भएको हो ।
तालिममा रुकुम पूर्व र पश्चिम गरी १६ जनाको सहभागिता रहेको जनजागरण मञ्चका अध्यक्ष टेक कुसारीले बताए । तालिममा मनोसामाजिक अवधारणा तथा मनोसामाजिक परिस्थिति, मनोसामाजिक समस्या, मनोसामाजिक सहयोग तथा मनोसामाजिक सहयोगका तरिका, लैङ्गिक हिंसाको अवधारणा, लिङ्ग र लैङ्गिकता, लैङ्गिक हिंसाको प्रकार लगायतको विषयमा प्रशिक्षण दिइने छ ।
तालिमको सहजीकरण ह्युमन नेपाल कैलालीका उमेश सिवाकोटी र मोनिका खड्काले गर्ने बताइएको छ ।