रुकुम पश्चिम -१२, वैशाख ।
आइसिसी विश्व कप लिग-२ अन्तर्गत आज भएको खेलमा नेपालले युएईलाई ३७ रनले पराजित गरेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २ सय १ रनको टार्गेट दिएको नेपालले युएईलाई ४८ दशमलव २ ओभरमा अल आउट गर्दै जित निकालेको हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव २ ओभर खेल्दै अल आउट भएको थियो । तर जितका लागि जवाफी ब्याटिङमा उत्रिएको युएईको कमजोर प्रदर्शनमा नेपालले त्यसको फाइदा लियो ।
नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले ७५ रन बनाए । उनी आजको खेलमा प्लेयर अफ द म्याच भए ।
त्यस्तै बलिङ तर्फ नेपालका करण केसीले सर्वाधिक चार विकेट लिए ।
युएईका कप्तान मोहम्मद वासिमले ५१ बलमा ३४ रन बनाए । विश्वकप लिग -२ अन्तर्गत आजको जितसँगै नेपालले छैटौँ जित दर्ता गर्दै अंकतालिकामा १४ अङ्क बनाउन सफल भएको छ ।
नेपालसँगै ओमान र युएई सहभागी रहेको लिग-२ को अर्को खेल सोमबार ओमान र युएई बिच हुनेछ ।