• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

युवा मानव अधिकार रक्षकका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुकुम पश्चिम -९, वैशाख ।

Advertisement

रुकुम पश्चिमको मुसिकोटमा युवा मानव अधिकार रक्षकका सवालमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ग्रामीणमुखी युवा अभियान नेपालको आयोजना तथा युवा मानव अधिकार रक्षक सञ्जाल रुकुम पश्चिमको समन्वयमा युवा मानव अधिकार रक्षक र निर्वाचित जनप्रतिनिधिबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय सरकारले युवा मानव अधिकार रक्षकको पक्षमा युवा लक्षित कार्यक्रम तथा बजेट निर्माण गर्नुपर्नेमा सहभागीले सुझाब दिएको आयोजकको भनाइ छ । युवालाई क्षमता अभिवृद्धि, सशक्तिकरण तथा रोजगारमूलक कार्यक्रममा जोड्नको लागि स्थानीय सरकारले नै आवश्यक पहल चाल्नुपर्ने निष्कर्ष निकालिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य गोपाल शर्मा अनलले समेत सङ्घदेखि स्थानीय तहका सरकारले युवा मैत्री नीति तथा कार्यक्रम निर्माणमा जोड दिनुपर्ने बताए । यसतर्फ प्रत्येक वर्षको नीति तथा कार्यक्रममा युवाका आवश्यकतालाई उठान गर्न सक्ने गरी सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

आइएनको आर्थिक सहयोग रहेको ग्रामीणमुखी युवा अभियान नेपालको अन्तरक्रिया कार्यक्रम सँगै जिल्ला स्थित युवा मानव अधिकार रक्षक सञ्जालका लागि कार्यक्रमका सहभागीले आगामी कार्ययोजना समेत निर्माण गरेका छन् । उक्त योजना मार्फत युवा लक्षित कार्यक्रम निर्माण गर्न स्थानीय सरकारसँग जोडिने र जिल्लाका सबै पालिकामा सञ्जाल गठन गर्ने निर्णय गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा आयोजक संस्था ग्रामीणमुखी युवा अभियान नेपाल कर्णाली प्रदेशका संयोजक सन्तोष बिकले संस्थाको विषयमा प्रस्तुतिकरण राखेका थिए । यस संस्थाले मानव अधिकार र सामाजिक न्याय, पर्यावरणीय न्याय, उत्थानशील समुदाय निर्माण, खाद्य अधिकार, सरसफाई, मानसिक स्वास्थ्य लगायत विविध क्षेत्रमा काम गर्दै आइरहेको छ ।

आजको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख देवबहादुर बिकको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै मुसिकोट नगरपालिकाका केही वडाका वडा अध्यक्ष, सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रमका अध्यक्ष तथा युवा मानव अधिकार रक्षक सञ्जालका कार्यवाहक अध्यक्ष रमेश मल्लले बताए ।

बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.