• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

रुकुम पश्चिम -१९, चैत ।

Advertisement

रुकुम पश्चिममा आज राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका सन्दर्भमा सरोकारवालासँग अन्तर्क्रिया तथा छलफल गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय रुकुम पश्चिमको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा आर्थिक गणनाको परिचय, उद्देश्य र महत्त्वबारे विस्तृत जानकारी दिइनुका साथै यसको कानुनी तथा नीतिगत पक्षबारे समेत स्पष्ट पारिएको छ । साथै जिल्ला आर्थिक गणना समन्वय समिति गठन, संरचना तथा समितिको काम, कर्तव्य र जिम्मेवारीबारे सहभागीहरूलाई जानकारी गराइएको थियो ।

त्यसैगरी स्थानीय तह तथा वडा स्तरका आर्थिक गणना समन्वय समितिको भूमिका, गणनामा समावेश गरिने तथा नसमेटिने क्षेत्रहरू, तथ्यांक संकलन विधि र गणनाको दायराबारे पनि प्रस्तुति गरिएको छ । कार्यक्रममा आर्थिक गणना २०७५ बाट प्राप्त भएका केही प्रमुख सूचकहरूको नमूना प्रस्तुत गर्दै आगामी गणनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको ।

कार्यक्रममा सहभागीहरूले आर्थिक गणनामा नागरिक, सञ्चारमाध्यम तथा अन्य सरोकारवालाको भूमिकालाई महत्वपूर्ण मान्दै सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

जिल्लामा आर्थिक गणना कार्यका लागि १७ जना गणक र ३ जना सुपरिवेक्षक परिचालन गरिने जानकारी दिइएको छ । जिल्लाका सबै पालिकाका प्रत्येक वडामा एक/एक गणक क्षेत्र रहनेछ । मुसिकोट नगरपालिका -१ मा १५ वटा गणक क्षेत्र निर्धारण गरिएको छ ।

यसैबिच आर्थिक गणना २०७५ को अनुभवका आधारमा आगामी २०८३ साल वैशाख ३ गतेदेखि असार मसान्तसम्म अनुगमन तथा सुपरिवेक्षण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

अन्तरक्रिया कार्यक्रममा सहायक आर्थिक गणक अधिकारी गंगा खड्काको प्रस्तुतिकरण रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानी, आर्थिक गणना कार्यालय रुकुम पश्चिमका आर्थिक गणक अधिकारी ठाकुरप्रसाद लामिछाने, प्रहरी प्रमुख, पत्रकार लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.