रुकुम पश्चिम -२४, फागुन ।
रुकुम पश्चिमबाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा शर्माले २१ हजार ६ सय ९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजु केसीलाई ४ हजार ९ सय ४८ मतले पछि पारेका छन् । कांग्रेस उम्मेदवार केसीले १६ हजार ६ सय ६१ मत प्राप्त गरेका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा भने १४ हजार ३ सय ४६ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित बनेका छन् । २०६४ देखि ७९ सम्म चारपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रलोपा उम्मेदवार शर्माको विजयी यात्रामा भने यसपटक पूर्ण बिराम लागेको छ ।
देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता हुँदा रुकुम पश्चिममा भने रास्वपाले ४ हजार ७६ मत प्राप्त गरेको छ ।
फागुन २१ गतेको भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पश्चिममा ६२ हजार ५ सय ३९ मत खसेको थियो । कुल ५९ हजार ५ सय २३ मत सदर हुँदा ३ हजार १६ मत बदर भएको छ । यसपटकको निर्वाचनमा रुकुम पश्चिमबाट १२ जना उम्मेदवारले उम्मेद्वारी दर्ता गराएका थिए ।
कूल १ लाख ६ हजार ६ सय ६६ मतदाता रहेको रुकुम पश्चिममा ५९ दशमलव ०३ प्रतिशत मत खसेको थियो ।