रुकुम पश्चिम -२१, फागुन ।
Advertisement
रुकुम पश्चिममा बिहान ११ बजेसम्म १९ प्रतिशत मत खसेको छ । आज भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २० हजार ५६ अर्थात् १९ प्रतिशत मत खसेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओलीका अनुसार १० हजार २ सय ९ जना पुरुष र ९ हजार ८ सय ४७ महिलाले मत खसालेका छन् ।
जिल्लाका ७६ मतदान स्थलका १ सय ४२ मतदान केन्द्रमा मतदाताको उत्साहपूर्ण उपस्थिति रहेको छ ।
रुकुम पश्चिममा १ लाख ६ हजार ६ सय ६० मतदाता रहेका छन् ।