रुकुम पश्चिम -२१, फागुन ।
Advertisement
रुकुम पश्चिममा आज भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण वातावरणमा चलिरहेको छ । बिहान ७ बजेदेखि जिल्लाका सबै मतदान केन्द्रमा सुरु भएको मतदान कार्य शान्तिपूर्ण वातावरणमा जारी रहेको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीका अनुसार बिहान १० बजेसम्म जिल्लाभर १२ प्रतिशत मत खसेको छ ।
जिल्लाका ७६ मतदान स्थलका १ सय ४२ मतदान केन्द्रमा मतदाताको उत्साहपूर्ण उपस्थिति रहेको छ ।
रुकुम पश्चिममा १ लाख ६ हजार ६ सय ६० मतदाता रहेका छन् ।