रुकुम पश्चिम -११, फागुन ।
Advertisement
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस धादिङको बेनिघाट रोराङ्ग गाउँ पालिका -५, भैंसिगौडामा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । सोमबार बिहान साढे एकबजे ग २ ख १४२१ नम्बरकाे बस त्रिशुली किनारमा खस्दा १७ जना यात्रुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १३ जना पुरुष र चार महिला रहेका छन् । मृतकको सनाखत हुन बाँकी छ ।
बस दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन् । बसमा करिब ४५ जना सवार रहेको बताइएको छ ।