• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

उज्यालो पार्टी नेपालको निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक

"ऊर्जा र जलस्रोतमा चिलिमे मोडल  "

रुकुम पश्चिम -५, फागुन ।

Advertisement

उज्यालो पार्टी नेपाल रुकुम पश्चिमले निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । मुसिकोटमा आज पत्रकार सम्मेलन आयोजना गरी निर्वाचन प्रतिबद्धता सार्वजनिक गरेको हो ।

 

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार नरेन्द्र केसीले उज्यालो पार्टीको तर्फबाट निर्वाचन लक्षित चुनावी प्रतिबद्धता सार्वजनिक गरे । प्रतिबद्धता पत्रमा रुकुम पश्चिमको पानी, जडिबुटी र युवा शक्तिलाई एकीकृत गरी आर्थिक आत्मनिर्भरताको नयाँ मोडलमा खडा गर्ने लक्ष्य राखिएको छ ।

 

जसअनुरूप सुशासन, ऊर्जा र जलस्रोत, स्मार्ट कनेक्टिभिटी, एकीकृत कृषि, युवा स्वरोजगार र पर्यटन, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन, कुपोषण मुक्त र स्वस्थ रुकुम निर्माण गर्ने मुख्य प्रतिबद्धताहरू अघि सारिएको छ । त्यस्तै जलवायु अनुकूलन र संरक्षण, खेलकुदका लागि गाउँ गाउँमा पूर्वाधार, सफा र सुन्दर रुकुम, पालिका स्तरीय विशिष्ट योजना, सामाजिक सुरक्षा, जातीय विभेद अन्त्य, एकीकृत बस्ती लगायत प्रतिबद्धता चुनावी संकल्पका रूपमा रहेका छन् ।

 

यसैगरी रुकुम पश्चिम ऊर्जा र जलस्रोतमा सम्भावनाको जिल्ला भएकोले चिलिमे मोडल लागू गरिने उम्मेदवार केसीले बताए । ठूलीभेरी नदी, सानीभेरी र स्यार्पु तालको पानी मार्फत रुकुमका नागरिकलाई आर्थिक समृद्धिमा जोड्ने योजना रहेको उनको भनाइ छ ।

 

जलस्रोत र जलविद्युतमा जनताकै लगानी र जनताकै आम्दानी निश्चित गर्न चिलिमे मोडल सम्भव भएको उम्मेदवार केसीले ठोकुवा गरेका छन् । यसैबाट पाँच वर्षको अवधिमा १० हजार युवालाई रोजगारीको ग्यारेन्टी गर्न सकिने उक्त पार्टीको प्रतिबद्धता रहेको छ ।

मङ्गलबार, फागुन ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.