रुकुम पश्चिम -२२, पुस ।
नेपाल क्रिकेट सङ्घ (क्यानले) भारत र श्रीलंकामा हुने आइसिसी पुरुष टि ट्वान्टी विश्व कप खेल्ने नेपाली टिमको घोषणा गरेको छ । रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरेको हो ।
बन्द प्रशिक्षणमा रहेका २४ जनाबाट अन्तिम १५ जनाको नाम सार्वजनिक गरिएको क्यानले बताएको छ । बन्द प्रशिक्षणबाट कुशल मल्ल, आदिल अन्सारी, विनोद भण्डारी, भीम सार्की, साहब आलम, इशान पाण्डे, अभिनाष बोहरा , प्रतिश जिसी र रुपेशकुमार सिंह बाहिरिएका छन् ।
नेपालले यसपटक विश्व कपमा इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली सँग खेल्ने तालिका रहेको छ । नेपालले माघ २५ गते इंग्ल्याण्डसँग खेल्दै विश्व कपको यात्रा सुरु गर्नेछ ।
नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टि ट्वान्टी विश्व कप खेल्दैछ ।
विश्वकप खेल्ने नेपाली टिम
रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम ।