• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

रुकुमका रावलले १५ औं दिनमा पूरा गरे पैदल यात्रा


रुकुम पश्चिम -१५, पुस ।

Advertisement

रुकुम पूर्वका केशव रावलले रुकुमदेखि काठमाडौँ सम्मको पैदल यात्रा १५औं दिनमा पूरा गरेका छन् । राष्ट्रिय एकता, शान्ति र समृद्धिको सन्देश दिने उद्देश्यले पुस १ गतेदेखि सुरु गरेको पैदल यात्रा आज १५औं दिनमा पूरा गरेका हुन् ।

 

सिस्ने गाउँपालिका -८ रुकुम पूर्वबाट छिमेकी जिल्ला बाग्लुङ, पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ हुँदै काठमाडौँसम्मको करिब ६ सय किलोमिटर दूरी पैदल यात्रा मार्फत पूरा गरेको रावलले बताए । आज दिउँसो नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा पुगेका रावललाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसयोजक माधवकुमार नेपालले खादा र मालाले स्वागत गरे ।

 

सो क्रममा पैदल यात्राको उद्देश्य र अनुभव सुनाउँदै रावलले राष्ट्रिय झन्डा, कम्युनिष्ट पार्टीको हसिया हतौडा अंकित झण्डा र नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारा अङ्कित झन्डा दुवै नेतालाई एकैसाथ हस्तान्तरण गरेका छन् ।

 

हिमाली जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिका वडानम्बर -८, बाट पुष १ गते भुरुङ्गादेखि रावलले पैदल यात्रा सुरु गरेका थिए । काठमाडौँ सम्मको पैदल यात्रालाई विकास निर्माण सहित राष्ट्रिय एकताको सन्देश, सहिद, बेपत्ता, घाइते, अपाङ्गको समर्पण र सम्मानका लागि सुरु गरेर सफलतापूर्वक सम्पन्न गरेको उनले जानकारी दिए ।

रावल नेपाली कम्युनिस्ट पार्टीका लोकप्रिय युवा नेताको रूपमा परिचित छन् ।

मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.