रुकुम पश्चिम -१३, पुस ।
Advertisement
रुकुम पश्चिमको मतदाता संख्या एकलाख ६ हजार बढी कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार एकलाख ६ हजार ६ सय ६० मतदाता कायम भएका छन् ।
जसअनुरूप ५४ हजार २ सय ६३ पुरुष मतदाता र ५२ हजार ३ सय ९६ जना महिला मतदाता रहेका छन् । त्यस्तै जिल्लामा ७६ मतदान स्थल र एकसय ४० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले बताएको छ ।
जिल्ला निर्वाचन कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि मतदाता संख्या, मतदान स्थल र मतदान केन्द्रको विवरण एकैसाथ सार्वजनिक गरेको हो ।
जिल्लाभरको विवरण तल हेर्न सकिनेछ ।


