रुकुम पश्चिम -११, पुस ।
Advertisement
आजदेखि काठमाडौँमा नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप सुरु हुँदै छ । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप सुरु हुन लागेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा हुने च्याम्पियनसिपको पहिलो दिन आज महिला र पुरुष तर्फ दुई-दुई खेल हुनेछन् ।
यस च्याम्पियनसिपलाई प्रधानमन्त्री कप एनभीए लिग छनोटको आधार समेत मानिन्छ । यसपटकको एनभीए भलिबल च्याम्पियनसिपमा रुकुम भलिबल प्रशिक्षण केन्द्रले पनि सहभागिता जनाएको छ ।