• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

राष्ट्रिय एकता, शान्ति र समृद्धि : आज नवौं दिनको यात्रा सुरु हुँदै

"पैदल यात्रा उत्साहजनक  "

रुकुम पश्चिम -९, पुस ।

Advertisement

राष्ट्रिय एकता, शान्ति र समृद्धिको सन्देश दिने उद्देश्यले पैदल यात्रा सुरु गरेका रुकुमका केशव रावलले आज नवौं दिनको यात्रा सुरु गर्दै छन् । रुकुम पूर्वबाट सुरु गरिएको उनको पैदल यात्रा आठौँ दिनमा पोखरा पुगेर आज पोखराबाटै नवौं दिनको यात्रा सुरु हुँदैछ ।

राष्ट्रिय झन्डा, कम्युनिष्ट पार्टीको हसिया हतौडा अंकित झण्डा र नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारा अङ्कित झन्डा बोकेर पैदल यात्रामा हिँडेका रावलले दैनिक ३५ देखि ४० किलोमिटर सम्मको यात्रा पूरा गरेको बताए । यात्राको क्रममा विभिन्न ठाउँका स्थानीय बासिन्दा, जनप्रतिनिधि, पार्टी शुभचिन्तक लगायतको स्वागत, सत्कार र शुभकामनाले आफ्नो यात्रा अझै सशक्त बनेको उनको भनाइ छ ।

पैदल यात्राकै क्रममा आठौँ दिन कास्की जिल्लाको ढिकुर पोखरी पुगेकै बेला नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई प्रत्यक्ष टेलिफोन गरेको बताए । कम्युनिष्ट पार्टीको चुनाव चिन्ह र तारा अंकित झन्डा तथा नेपाली राष्ट्रिय झन्डाले साँच्चिकै शान्ति र समृद्धि तथा एकताको सन्देश प्रवाह भएको भन्दै प्रचण्डले फोन मार्फत आफूलाई दिएको शुभकामनाले पैदल यात्रा थप उत्साहजनक भएको रावलले सुनाए ।

उनले आठौँ दिनसम्मको पैदल यात्रा पूरा गर्दा ठाउँठाउँका स्थानीयसँग सडक पूर्वाधार, पर्यटन तथा विकास निर्माणका सन्दर्भमा पनि अन्तरक्रिया गरिएको जानकारी दिए । सो क्रममा प्राप्त गुनासालाई पार्टी र नेतृत्व समक्ष राखिने रावलको भनाइ छ ।

हिमाली जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिका वडानम्बर -८, बाट पुष १ गते रावलले पैदल यात्रा सुरु गरेका हुन् । उनले काठमाडौँ सम्मको पैदल यात्रालाई विकास निर्माण सहित राष्ट्रिय एकताको सन्देश, सहिद बेपत्ता, घाइते अपाङ्गको समर्पण र सम्मानका लागि सुरु गरिएको बताएका छन् ।

रावलले पैदल यात्रालाई आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट लाइभ अपडेट समेत गर्दै आइरहेका छन् । उनले काठमाडौँ सम्मको पैदल यात्रा पूरा गर्न अझै एक साता लाग्ने बताए । उनी नेपाली कम्युनिस्ट पार्टीका लोकप्रिय युवा नेता हुन् ।

बुधबार, पुष ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.