• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


चिना बराल

Advertisement

बाँके -२, पुस । 

बाँके ईसाई समाजको आयोजनामा बुधबार ख्रीष्टियन धर्मावलम्बीहरूको महान पर्व ख्रीष्टमसको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकताको सन्देश बोकेको उक्त कार्यक्रममा जिल्ला भरिका ईसाई धर्मावलम्बीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको हो ।

 

बाँके ईसाई समाजका अध्यक्ष पास्टर शेरबहादुर बोहराको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमल्सेना सहभागी भए । मन्त्री तिमल्सेनाले नेपालको संविधानले सबै नागरिकलाई धर्म, संस्कृति र आस्थाको स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै सबै नेपालीलाई आ-आफ्नो विश्वासअनुसार धर्मकर्म गर्न पाउने अधिकार सुनिश्चित गरिएको बताए । उनले ईसाई समाजले कोहलपुर लगायत समग्र नेपाली समाजलाई एकताबद्ध बनाउन योगदान दिँदै आएको प्रशंसा गरे ।

 

साथै कोहलपुरमा विकासका कार्यमा सहकार्य गर्दै ईसाई धर्मावलम्बीहरूको आवश्यकता मध्यनजर गरी भवन निर्माणका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

 

कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले कुनै पनि परिस्थितिमा शान्ति र सुरक्षाका लागि प्रशासन सधैं संयमित र तत्पर रहने बताउँदै कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरे ।

 

त्यसैगरी कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले ख्रीष्टियन समुदाय कोहलपुर विकासको अभिन्न हिस्सा भएको उल्लेख गर्दै नगरपालिकाले उनीहरूसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले ख्रीष्टियन धर्मले मानिसलाई अनुशासित, सभ्य र नैतिक बनाउँदै सुन्दर समाज निर्माणमा योगदान पुर्‍याउने बताउँदै कोहलपुरलाई एकीकृत र समावेशी बनाउने दिशामा आगामी दिनमा सहकार्य निरन्तर रहने धारणा राखे ।

 

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल ख्रीष्टियन समाज सुदूरपश्चिमका अध्यक्ष हिरालाल भाट तथा नेपाल ईसाई समाजका अध्यक्ष पास्टर लोकबहादुर चौधरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन बाँके ईसाई समाजका सचिव रामबहादुर पुनले गर्नुभएको थियो ।

 

ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रमले धार्मिक सद्भाव, सामाजिक एकता र सहकार्यको सन्देश प्रवाह गर्दै सफलतापूर्वक सम्पन्न भएको सहभागीहरूले बताएका छन् ।

बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.