• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

सुर्खेत -२७, मङ्सिर ।

Advertisement

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट एकता दीर्घकालीन र मजबुत हुने दाबी गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित पार्टी एकता सन्देश सभालाई शनिबार सम्बोधन गर्दै उनले विगतमा पटक-पटक प्रयास भए पनि कम्युनिस्ट एकता सफल हुन नसकेको उल्लेख गर्दै यसपटक भने जनताको चाहना अनुसार एकता भएकाले दीगो बन्ने विश्वास व्यक्त गरे ।

दाहालले पार्टी एकता जनताको आवश्यकता र चाहनाबाट प्रेरित भएको बताउँदै नेपाली कम्युनिस्ट पार्टी देशकै ‘एक नम्बरको पार्टी’ बन्ने कुरामा आफू ढुक्क रहेको बताए । “सही नेतृत्व र सही विचार भयो भने देशमा आमूल परिवर्तन सम्भव छ,” उनले भने ।

सभामा बोल्दै दाहालले सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन प्रणाली निर्माण गर्ने प्रतिबद्धता जनाए । कर्णालीलाई सभ्यता, इतिहास र वीर गाथाको धरोहरका रूपमा स्मरण गर्दै उनले कर्णालीले कोरेको ऐतिहासिक योगदानप्रति सम्मान प्रकट गरे । “कर्णालीका सबै सम्भावनाको खोजी गरिनेछ, विकासमा कर्णालीलाई प्राथमिकतामा राखिनेछ,” उनले भने ।

१६ वटा कम्युनिस्ट घटक एक हुनुको कारण स्पष्ट पार्दै दाहालले विगतका गल्ती सच्याउने, देश विकासमा एकजुट भएर लाग्ने र जनताको काम गर्ने साझा संकल्प रहेको बताए । वामपन्थी एकताको संरक्षण गर्दै विदेश गएका युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारमा फर्काउने कार्यक्रम ल्याइने उनले जानकारी दिए ।

दाहालले युद्ध सकिएको दुई वर्षपछि आफू माधवकुमार नेपालसँग सबैभन्दा नजिक रहेको प्रसंग समेत उल्लेख गर्दै वर्तमान एकतामा अनुभव र आत्मसमिक्षाको भूमिका महत्वपूर्ण रहेको बताए । साथै, जेनजी युवा पुस्ता ठूलो संख्यामा नेपाली कम्युनिस्ट पार्टीमा जोडिएको भन्दै यसले पार्टीलाई थप ऊर्जावान बनाएको उनको भनाइ छ ।

“जनताको ताकत जनताकै एकता हो, पार्टीको एकता आजको आवश्यकता हो,” दाहालले जोड दिए । उनले जनताको भरोसा जित्दै देशलाई स्थायित्व, विकास र समृद्धिको बाटोमा अघि बढाउने लक्ष्यसहित कम्युनिस्ट एकता गरिएको स्पष्ट पारे ।

शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.