रुकुम पश्चिम -२२, मङ्सिर ।
प्रगतिशील लोकतान्त्रिक पार्टीले आज बृहत युवा भेला कार्यक्रम गर्दैछ । पार्टीका नेता जनार्दन शर्माको प्रमुख आतिथ्यतामा मुसिकोट खलङ्गामा युवा भेला गर्न लागिएको छ ।
माओवादी केन्द्र विघटनपछि पहिलोपटक प्रलोपाले औपचारिक रूपमा युवा भेलाको आयोजना गर्न लागेको हो । यसै बृहत युवा भेला पछि जिल्लामा पार्टीका थप गतिविधिहरू सञ्चालन गर्ने सो पार्टीले जानकारी दिएको छ ।
आजको युवा भेलालाई प्रलोपाका नेता शर्माले प्रशिक्षण तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसका लागि प्रलोपाले ठूलो सङ्ख्यामा युवाहरू खलङ्गामा उतार्ने बताएको छ ।
आइतबार रुकुम पश्चिम पुगेका नेता शर्माले पार्टीको झन्डा र बोर्ड राखेर कार्यालय उद्घाटन गरेका छन् ।
तर,उनलाई पूर्व माओवादी तथा नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले सल्ले विमानस्थलबाट बाहिरिँदै गर्दा कालो झण्डा देखाएर विरोध गरेका थिए ।